यो हप्ता देखि मैले हरेक हप्ता कुनै न कुनै एउटा ब्लग लेख्ने र यो साईटमा प्रकाशन गर्ने विचार लिएको छु | यो ब्लग सम्पूर्ण रूपमा अराजनैतिक चरित्रको हुनेछ, यसले धेरै जसो tech वा technology को प्रयोग कसरि गर्ने, यसका फाईदा वा बेफईदा कुन प्रसंगमा केके छन् र यसलाई प्रयोग गर्दा कस्ताकुरामा होश पुर्याउनु पर्छ, अनि प्रविधिको प्रयोग गरेर कसरि कस्ता कस्ता काम सम्पन्न गर्न सकिन्छ, आदि यस्तै बिषयमा केन्द्रित गर्नेछ| आशा छ, तपाई हरेक हप्ता यो साईटमा आउनु हुनेछ| तपाईंको सुझाब सल्लाहको म अपेक्षा गर्दछु|
यो वेबपेज तत्कालको तात्तातो सूचना पस्कने भन्दा पनि लामो समय सम्म सबैलाई उपयोगी हुने खालका सामग्रीहरू पस्कने बिचारले खडा भएको हो| तसर्थ, कतै भुलबस वा गलत जानकारीको कारण गल्ति कुरा प्रकाशन भएको पत्ता लगाउनु भएमा मलाई nepalitech@mulabari.com मा ईमेल गरि जानकारी दिनुहोला| त्यसले मलाई मात्र हैन यो लेखहरू पढ्ने सबैलाई सहि जानकारी दिनेछ|
यो पढी सके पछि आफ्ना साथी भाई, आफन्त परिवारलाई पनि यो ब्लगको बारेमा जानकारी दिनु हुनेछ भने आशा लिएको छु|
यदि तपाईं पनि कुनै लेख प्रकाशित गर्न चाहनुहुन्छ भने nepalitech@mulabari.com मा ईमेल गरेर आफ्नो लेख प्रकाशित गर्न सक्नुहुन्छ| तपाइंले अन्त कतै पढेको लेख यो ब्लगलाई सान्दर्भिक हुन्छ जस्तो लागेमा पनि त्यो लेखको लिंक पनि यसै ईमेल ठेगानामा पठाउन सक्नु हुन्छ|
धन्यबाद!
उही नेपाली मनुवा
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment